श्राद्ध गर्न गएका तीन जना कोशीमा डुबेर बेपत्ता
Posted by
purwanews
Published on
Thursday, May 9, 2013
सुनसरीको बराहक्षेत्रमा पितृको श्राद्ध गर्ने क्रममा कोशी नदिमा डुवेर तीनजना वेपत्ता भएका छन् । विहीबार दिउँसो डुबेका उनीहरुको खोजी जारी रहेको र साँझसम्म पनि कुनै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ
।
कोका र कोशीको संगम स्थलमै बिहीबार करिव एक बजेको समयमा श्राद्ध सकेर हातमुख धुने क्रममा एकजना नदीमा डुवेपछि उनलाई निकाल्ने क्रममा तीनजना वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा झापा शान्तिनगर १ वर्नेका ३५ वर्षीया गोपाल बास्कोटा, ४० वर्षीय रमेश बास्कोटा, ५५ वर्षका ज्ञाननाथ बास्कोटा रहेको बराहक्षेत्र प्रहरीले जनाएको छ ।
पानीमा ज्ञाननाथ बाँस्कोटा डुबेपछि बचाउन जाँदा क्रमशः गोपाल र रमेश समेत डुबेका थिए । रमेश र गोपाल दाजुभाइ हुन् भने ज्ञाननाथ बडा बा हुन् । झापाबाट २१ जनाको टोली बराहक्षेत्र पुगेका थिए ।
भोजराज श्रेष्ठ, वैशाख २६, धरान
प्रतिक्रिया दिनुहोस् >>