कडा धार्मिक कानुनको माग गर्दै क्रममा झडप : २८ बढीको मृत्यु


धर्मको निन्दा गर्ने व्यक्तिलाई कडा कारबाहीको कानुनको माग गर्दै बंगलादेशमा सुरु भएको झडपमा २८ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
उक्त कानुनको माग गर्दै दशौँ हजार इस्लामहरूले गरेको प्रदर्शनमा परेर सयौँ व्यक्ति घाइते भएका छन्। प्रहरी सक्रियतामा राजधानी ढाकाको मध्य भागमा स्थिति नियन्त्रणमा आएको छ।
तर अन्य भागमा हिंसा भड्किने डरले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
झडपको क्रममा प्रहरीले ग्रिनेट, पानीको फोहरा, अश्रृग्याँस र रबरका गोलीहरु प्रयोग गर्ने गरेको बताइएको छ। धर्मको नाममा भएको यस्तो प्रर्दशनबाट गत जनवरी देखि हाल सम्म १४० भन्दा बढी व्यक्तिको ज्यान गईसकेको जनाइएको छ ।
यसैगरी बोगोटा–दक्षिण–पश्चिम कोलम्बियाको नारिनोमा कोलम्बियाली प्रहरीले गरेको कारबाहीको क्रममा कोलोम्बिया सशस्त्र विद्रोहीको समूह एफएआरसीका सात सदस्यको मृत्यु हुनुको साथै अन्य एक पक्राउ परेको सैनिकस्रोतले आइतबार घोषणा गरेका छन् ।
सो सशस्त्र समूह एफएआरसी कोलम्बियामा लागुऔषध ओसारपसार क्रियाकलापमा पनि संलग्न रहेको जनाइएको छ ।
यस्तो छ आन्दोलन र माग । हेर्नुहोस् भिडियो :


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>