विराटनगरमा केहीबेर सडक अवरुद्ध

पुन्य पि अधिकारी /विराटनगर 

सडक नियम नमानेको भन्दै ट्राफिक प्रहरीले माइक्रोबस चालकलाई कुटपिट गरेपछि विहान केहीबेर विराटनगरमा सडक अवरुद्ध भएको छ ।
ट्रााफिक प्रहरी हवल्दार दीलिप मेहताले को १ ख २१२४ नम्बरका माइक्रो चालक मुकेश पाण्डेलाई हातपात गरेपछि सडक अवरुद्ध पारिएको हो ।
कुटपिट गर्नेले माफी माग्नु पर्ने माग गर्दै माईक्रो चालकले जनआन्दोलन चोकमा सवारी तेस्र्याएपछि सडक अवरुद्ध भएको थियो ।
पछि दुबैपक्षबीच गल्ती स्वीकार गरेपश्चात सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>