विराटनगरमा नागरिक खबरदारीसभा सम्पन्न

पूर्वाञ्चल मानवअधिकार सञ्जाल विराटनगरले गणतन्त्र दिवसका अवसरमा विराटनगरमा आज
नागरिक खबरदारीसभा सम्पन्न गरेको छ । सभामा अधिकारकर्मी, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी,पेशाकर्मी,कानुन व्यवसायी,प्राध्यापक, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

खबरदारीसभालाई सम्वोधन गर्दै गैरसरकारी संस्था महासंघका पूर्वकेन्द्रीय अध्यक्ष अर्जुन कार्कीले राजनीतिक दलको असक्षमताका कारण लोकतन्त्र धरापमा परेको बताए । त्यसैगरी रोटहरी क्लबका अध्यक्ष भेषप्रसाद धमलाले गैरराजनीतिक चरित्रको सरकारले राजनीतिक निर्णय गर्न नसक्ने भएकोले संविधान संसोधन गरी उसले संविधानसभाको निर्वाचन गर्न असम्भव रहेको बताए। बरिष्ठ अधिवक्ता चन्द्रमणि न्यौपानेले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत बनेको वर्तमान सरकारबाट नागरिकले न्यायको आशा गर्नु बेकार हुने भन्दै भष्टाचारीलाई पुरस्कृत गर्ने सरकारको निर्णयले दण्डहीनतालाई प्रश्रय दिएको बताए  ।

सभाको सञ्चालन इन्सेकका निमित्त क्षेत्रीय संयोजक शकुन्तला बरालले गरेका थिए ।सभाअघि सञ्जालले बजारमा राष्ट्रियता र लोकतन्त्रप्रति सचेत नागरिकको अपिल नामको पर्चा वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>