माओवादी जनसभामा यस्तो सुनियो, देखियो (फोटो फिचरसहित)

जनयुद्धताका भारतीय विस्तारवाद भन्दै भारतको उछित्तो काढ्ने एनेकपा माओवादी अध्यक्ष प्रचण्ड पछिल्लो दिनमा भारत परस्त हुँदै गएको आरोप लाग्ने गरेको छ । भारत भ्रमणबाट फर्किएको भोलीपल्ट मंगलबार इटहरीमा आयोजित जनसभामा उनले छिमेकी देशहरुप्रति पूर्वाग्राही नबन्न अन्य दलसँग आग्रह नै गरेका छन् । त्यतीमात्र होइन, उनले छिमेकीको सहयोगविना गरेको विकास खोक्रो राष्ट्रवाद हुने आरोप लगाए ।
उनले नेपालको विकासको लागि छिमेकी देशहरुको सहयोग चाहिने बताउँदै उनीहरुप्रति पूर्वाग्रही नबन्न आग्रह गरेका हुन् । छिमेकीहरुको सहयोग लिएर देश विकास गर्नु प्रगतीशिल राष्ट्रवाद चाहिने बताउँदै नेपाललाई खोक्रो राष्ट्रवाद नचाहिएको समेत जिकिर गरे । उनले नेपाल, भारत र चीन मिलेर विकास योजना बनाउनुपर्ने बताए ।
सुनसरीको इटहरीमा बुधबार मे दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भारतसँग विद्युत् र विकास मागेको बताए । उनले चीन र भारत दुवै नेपालमा शान्ती र स्थीरताको पक्षमा रहेको बताउँदै छिमेकीहरुको सहयोग लिएर विकास गर्नुपर्ने बताए ।
नेपालमा वामपन्थी बहुमत हुँदा हुँदै पनि पार्टी विभाजनले गर्दा बामपन्थी नेपालीहरु पनि विभाजन भएको  भएकाले वामपन्थीहरु एउटै धारमा आउनुपर्ने बताए । उनले बहुमत नभएकोले आफूहरुले जनताको संविधान बनाउन नसकेको जिकिर गर्दै आउँदो चुनावमा बहुमत दिलाउन समेत माग गरे ।
सभालाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले पुर्वलाई आर्थिक क्षेत्र बनाउने योजना बनाएको बताए । उनले कम्युनिष्टहरुलाई नफुट्न आग्रह गर्दै सहकार्य गर्न आग्रह गरे । उनले एमालेले काँग्रेससँग सहकार्य गरेमा एमालेको दाहसंस्कार समान हुने बताए ।
कार्यक्रममा नेतृ हिसिला यमी, वर्षमान पुनः रामचन्द्र झा, लक्की शेर्पा लगायतले एमाले र काँग्रेसले जनताको ऐजेण्डा सम्बोधन नगर्ने बताउँदै एमाओवादीमा आउन आग्रह गरेका थिए । यमीले एमाले निकट पत्रिकाले एमाओवादी नेतालाई जोकर भनेको बताउँदै प्रतिप्रश्न गरीन्, दुई ठाउँबाट जितेको नेता जोकर हुन्छ कि दुई ठाउँबाट पनि हारेको नेता ?
कार्यक्रममा जेवी टुहुरे र शम्भु राईले साँगीतिक प्रस्तुती गरेका थिए । कार्यक्रममा चर्को घाममा बसेका शहीद परिवारले आयोजकसमक्ष पानी माग्दा यमीले पानीको बोतल शहीद परिवारतिर फालेकी थिइन् । कार्यक्रममा हत्या आरोप लागेका माओवादी नेता बालकृष्ण ढुंगेल मञ्चको दोस्रो लाइनमा बसेका थिए । प्रचण्ड पुत्र प्रकाश भने कार्यक्रमको बिचतिर मञ्चमा देखिए । उनले कार्यक्रमको भिडियो खिचेका थिए । 

कार्यक्रममा पुर्वी नेपालका १२ जिल्लाबाट नेता तथा कार्यकर्ताहरु आएका थिए ।



 कार्यक्रम हेर्न नजिकैको घरको छतमा जम्मा भएको भीड । प्रहरीले पछि उक्त घरबाट भीड हटाएको थियो ।
 को जोकर ? : यमी
 शहीद परिवार घाममा, भुईँमा
 प्रचण्डपुत्र प्रकाश भिडियो खिँच्दै
 कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले भाषण गरीरहँदा उनलाई आधा दर्जन बढी सुरक्षाकर्मीले वरीपरीबाट घेरेर सुरक्षा दिएका थिए ।


सुनसरी, वैशाख १८
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>