नेपाल फर्काइदिन बिरामी नेपालीको याचना
मलेसियाको क्वालालम्पुरस्थित के एल अस्पतालको चौथो तल्लाको बेड नम्बर १८ सि वान इ वानमा एक नेपाली अर्धचेत अवस्थामा १० दिनदेखि उपचार्थ छन् । कमलपित्तबाट पिडित ति नेपालीले आफूलाई सहयोग गर्न याचना गरेका छन् ।
जीवन–मरणको दोसाँधमा रहेका झापा कुमरखोद ६ सडकबारीका २२ वर्षिय पुर्ण कोइरालाले घर जाने वातावरण वनाइदिन याचना गरेका हुन् । अवैधानिक रुपमा मलेसियाको सेन्तुलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका कोइराला केहि समयदेखि बिरामी परेका थिए ।
उनको प्राथमिक उपचार भएपनि रोगले झन् च्यापेपछि साथीको सहयोगमा के एल अस्पतालमा भर्ना गरीएको होे । कोइरालाका आफन्त झापाकै रोहितकुमार बस्नेत अहिले कोइरालाको उपचारमा सहयोग जुटाउँदै छन् । कोइरालाको उपचारमा १ हजार रिंगेट खर्च भइसकेको र अन्य खर्च अपुग भएको बस्नेतले बताए ।
३ वर्षअघि मलेसिया छिरेका कोइराला एक वर्षदेखि अवैधानिक रुपमा कार्यरत् छन् । घर पठाएर अन्य उपचार नेपालमै गर्न पाए खर्च कम हुने बस्नेत वताउँछन् । एकातिर पासपोर्ट र भिषा नहुनु र अर्कोतिर पर्याप्त पैसा नहुनुले उनी घरको न घाटको भएका छन् । ‘अब थप उपचार गर्ने पैसा छैन, घर पठाउने पनि अवस्था छैन’ बस्नेतले भने ।
कोइरालाका लागि सहयोग गर्न बस्नेतको मे बैंकको खाता नम्वर ११४४८७१५९०३९ मा सहयोग गर्न याचना गरेका छन् । उनलाई ०६०१४६९७५१६९ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
अर्जुन काफ्ले (के एल), मलेसिया
प्रतिक्रिया दिनुहोस् >>