प्रकाशकीय


पूर्वाञ्चलमा समाचार अनलाइनको आवश्यकता निकै अघिको हो । विभिन्न अनलाइनहरुले समाचार तथा जानकारी सेवा दिने प्रयास नगरेका पनि होइनन्, तर विविध कारणले ति निरन्तर हुन सकेनन् । अनलाइनप्रति सर्वसाधारणको चासो हुँदाहुँदैपनि एकातिर अनलाइनको प्रभावकारीता बारे जानकार नहुनु अनि अर्कोतिर विज्ञापनदाताहरुसमेत अनलाइनमा विज्ञापन गर्न त्यती इच्छुक नहुनुले समाचार अनलाइन सुरु गर्नु भनेको फलामको चिउरा चपाउनु झै भएको छ ।
समस्या र चुनौतिहरु जे जस्तो आएपनि पूर्वाञ्चलका गतिविधिहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै पूर्वाञ्चलको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्व र गरिमालाई थप उजागर गर्दै स्वदेश वा विदेशमा रहेका नेपालीहरुलाई यहाँको वस्तुस्थितीको बारेमा जानकारी दिन र पूर्वाञ्चलसँग नजिक राख्न यसै वर्षको फागू पूर्णिमा (चैत १३ गते मंगलरबार) देखि  www.purwanews.com यो वेवसाइटलाई व्यवस्थित सञ्चालनको लागि लामो अध्ययन र तयारी खर्चेका छौं । यो अनलाइनमा तत्काल भएका घटना र सामान्य घटनाको सुचनामुलक अपडेट रहनेछ भने अर्कोतर्फ अभिलेख राख्न सकिने समाचारहरुको संग्रह समेत हुनेछ । त्यस्तै देश विदेशका विभिन्न विषयका रोचक, जानकारीमुलक समाचार तथा सामाग्रीहरु राखिनुका साथै पूर्वाञ्चल घुम्न चाहनेका लागि सम्पूर्ण सुचना संग्रह गर्दै प्रकाशन गर्ने काम समेत सुरु भइसकेको छ । हामी कुनैपनि घटना वा कार्यक्रम तथा प्रतियोगिताको लाइभ अपडेट गरी विश्वभर एकैसाथ प्रसार गर्न सक्छौं । निकट भविष्यमा इ रेडियो र इ टेलिभिजनको अवधारणामा समेत हामी जुटेका छौं ।
राष्ट्रिय समाचार अनलाइनहरुको भीडमा आफ्नो बेग्लै पहिचान बनाउने र सञ्चार र सुचनाको दुनियाँमा पूर्वाञ्चलको वास्तविक प्रतिनिधि बन्ने हाम्रो लक्ष्य हो । नागरिक पत्रकारितालाई नयाँ उचाइबाट अभ्यास गर्ने र गाउँ ठाउँका सुचना र समस्यालाई उजागर गर्ने हाम्रो अभियान पनि हो । हामी पूर्वाञ्चलका सबै छापा, रेडियो तथा टेलिभिजन समाचार संस्थाहरुलाई समेत इन्टरनेटको माध्यमबाट अन्तराष्ट्रियकरण गर्दै लाने छौं । यहाँहरुसँग पनि कुनै समाचार बनाउन योग्य सुचना तथा जानकारीहरु भएमा हामीलाई हाम्रो ठेगानामा सम्पर्क गर्नुहोस् । 
आशा छ, हाम्रो यस अभियानमा पूर्वाञ्चलका सम्पूर्ण सञ्चारमाध्यम, आम नागरिक, व्यवशायी, राजनीतिकर्मी, कलाकार, मजदुर, विद्यार्थी, महिला, बालबालिकाहरुको सहयोग जुट्ने छ ।
धन्यवाद



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>