यौनांग नभएको शिशु
Posted by
purwanews
Published on
Friday, December 20, 2013
बागलुङ, मलद्वार नभएको, हातखुट्टा घुमेको र यौनांगसमेत स्पष्ट नभएको स्थितिको शिशुको जन्म भएपछि परिवारलाई उपचारमा समस्यामा परेको छ । ताराखोला ८ करिमेलाका हीरालाल र हरिकला सुवेदीको पहिलो सन्तानका रूपमा पुस १ गते उक्त शिशुको जन्म भएको हो । धौलागिरि अञ्चल अस्पतालमा जन्मेको शिशुलाई तत्काल कान्ति बाल अस्पतालमा रिफर गरे पनि सुवेदी परिवारले खर्च गर्न नसक्ने भन्दै घर फर्काएका छन् ।
'लाखौं खर्च लाग्ने र शिशु बाँच्नेसमेत ग्यारेन्टी छैन,' हीरालालले भने, 'घरबार पनि सक्ने, शिशु पनि बचाउन नसक्ने भएपछि घर फर्केका छौं ।' सामान्य खेती किसानी गरेर बसेका सुवेदी परिवारले बालकको उपचारका लागि खर्च गर्न नसक्ने समस्या देखाएका छन् ।प्रतिक्रिया दिनुहोस् >>