यस्तोमा नगरौं क्लिक
Posted by
purwanews
Published on
Friday, November 29, 2013
पछिल्लो समय फेसबुकका टाइमलाइनमा दैनिक रुपमा अनेकन पोष्ट र लिंकहरुको माध्यमबाट यो सामाजिक सञ्जाललाई भाइरस र चोरीको अखाडा बनाउने क्रम पनि बढिरहेको छ। त्यसका लागि प्रयोग भइरहेका छन् विभिन्न उपहार योजना अनि आकर्ष फोटोहरु। जसले तपाइँलाई फेसबुकको मित्रमयी दूनियाँबाट हृयाकरको हात सम्म पुरयाउँछ अनि तपाइँको फेसबुक र गोप्य जानकारी चोरी हुन्छ। त्यसो त आकर्ष समाचार र उपहारका लिंकबाट हृयाकरहरु तपाइँको कम्प्युटरमा गडबडी उत्पन्न गर्छन् अनि तपाइँको कम्प्युटरको सबै डाटा उडाउँछन्। त्यसैले फेसबुकको टाइमलाइनमा देखिएका त्यस्ता लिंकमा क्लिक नगरौं। तपाइँले क्लिक गर्नुभयो भने तपाइँको माध्यम भएर तपाइँसँग रहेका साथीहरुको टाइमलाइनमा पनि सोही लिंक पुग्छ अनि थप व्यक्तिहरु हृयाकरको चंगुलमा पुग्छन्। यस्ता लिंकहरु मध्ये केही यस्ता खालका हुन्छन् जसलाई तपाइँले क्लिक नगरेकै राम्रो।
प्रतिक्रिया दिनुहोस् >>