संविधानसभामा जानुपर्छ : किराँती
Posted by
purwanews
Published on
Sunday, November 24, 2013
विराटनगर । एकिकृत माओवादी कोचिला राज्य समिति इन्चार्ज गोपाल किराँतीले दोस्रो संविधान सभा निर्वाचनमा पराजय भोगेपनि पार्टीले संविधान सभाको कोर्षलाई तत्काल त्याग्न नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ केन्द्रिय सदस्य तथा पुर्व संस्कृति मन्त्री किराँतीले दुई कोणबाट पाएको उपलब्धि संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिए ।
पार्टीको राज्य समिती इन्र्चाजहरुको आपतकालिन बैठकमा सहभागि हुन काठमाण्डौ जाने क्रममा किराँतीले निर्वाचन शान्तिपुर्ण भएपनि पहिचान र संघियता पक्षधरहरुलाई पाखा लगाउन गणनामा व्यापक धाँधली भएको आरोप लगाउँदै छानविन गर्नुपर्नेमा जोड दिए ।
किराँतीका अनुसार संविधानसभामा जाने वा नजाने भन्ने निर्णय १० मंसिरदेखि हुने पार्टीको केन्द्रिय समिति बैठकले निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस् >>