आचारसंहिता विपरित चुनावी प्रचार
Posted by
purwanews
Published on
Saturday, October 19, 2013
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारका लागि दुई युवालाई मेची महाकाली साइकल यात्रामा पठाएको छ । कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिले पार्टीको चुनाव चिन्ह र झण्डा अंकित टिसर्ट लगाएर काठमाडौँका सुबोधराज आचार्य र आशिषराज खनाललाई मेची–महाकाली साइकल यात्रामा पठाएको हो ।
टिसर्टको अगाडि भागमा ‘हामी टायर बाल्दैनौं’ र ‘हामी बन्द गर्दैनौं’ भन्ने नारा लेखिएको छ भने टिसर्टको पछाडि भागमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरिएको छ ।
यसरी निर्वाचन प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आश्विन २२ गते जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले राजनीतिक दलको झण्डा वा निर्वाचन चिन्ह छापिएको टिसर्ट प्रयोगमा ल्याउनु आचारसंहिता विपरित काम हुने भन्दै रोक लगाएको उल्लेख छ ।
साइकल यात्रामा रहेका युवालाई कांग्रेस केन्द्रीय सदस्य गगन थापा र कांग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले आज राजधानीबाट संयुक्त रुपमा विदाइ गरे ।
थापा र प्रधान दुबै कांग्रेसका तर्फबाट काठमाडौँको क्रमशः क्षेत्र नम्बर ४ र ६ का संविधानसभा सदस्यका उम्मेदवार हुन् भने साइकल यात्री दुबै कांग्रेसका क्रियाशील सदस्य हुन् ।
साइकल यात्रा मेचीबाट सुरु भई महाकालीमा पुगेर टुंगिने बताइएको छ ।
(imagenews)

प्रतिक्रिया दिनुहोस् >>