जनता जागे पछि...
Posted by
purwanews
Published on
Wednesday, August 7, 2013
| जनताकै लगानी र शहअभागीतामा सेरा खोलामा बनेको पुल । तस्बिर : त्रिभुवन बिरही |
स्थानीय सेरा खोलामा पुरा नहँुदा भोग्नु परेका समस्याबाट बल्ल उनीहरुले पार पाएका छन् । सेरा खोलामा पुल बनेपछि पानवारीबाट सेउती हुँदै इटहरी र धरान पुग्न सकिन्छ । तर सिधा धरान–पानवारी गर्न चाहीँ अर्काे समस्या छ, सेउती खोला । सेउती खोला धरान–पानवारी सडक खण्डमा पर्ने ठूलो खोला हो, जहाँ आवतजावत गर्न तथा सवारी साधन कुदाउन पुलको आवश्यकता छ ।
निकट भविष्यमा पा“चकन्या गाविस धरान नगरपालिकामा गाभिने निश्चित छ । तर सम्पन्न र सुविधायुक्त नगर धरान र त्यसकै ३ किलोमिटर टाढा रहेको पा“चकन्यालाई जोड्ने सेउती खोला भने बाधक बनेको छ । सरकारले प्रयाप्त आश्वासन दिने तर कार्यक्रम र बजेट नदिने प्रथालाई बुझेर पाँचकन्यावासी सेउती खोलामा पुल बनाउन आफैं कम्मर कसेर लागेका छन् ।
| जनसहभागीतामै सेउती खोलामा पुल बनाउन लागिएको स्थान । तस्बिर : त्रिभुवन बिरही |
(बि ए सि न्युज )
प्रतिक्रिया दिनुहोस् >>