निरन्तरको बर्षाका कारण किसान मर्कामा

पुन्य पि अधिकारी /विराटनगर

 निरन्तरको बर्षाका कारण दक्षिणी मोरङका किसानहरुले बर्खे धानमा नोक्सानी ब्योहोर्नु परेको गुनासो गरेका छन् ।
 सठिया धान उत्पादन गरेका किसानहरुले पानीका कारण पाकेको धान थन्क्याउँन नपाउँदा नोक्सानी ब्योहोर्नु परेको मोरङ सिजुवाका कृषक दुर्गा खतिवडाले बताउछन । बजारमा राम्रो भाऊ भएपनि ब्यापारीले बन्दको कारण धान नकिन्दा प्रतिविगाहा ८० मन बढीको क्षति ब्योहोर्नु परेको खतिवडाको भनाई छ ।
 मोरङका उर्लावारी,इटहरा,सिजुवा,रंगेली,बयरवन,पथरी,डायनिया,लगायतका २५ भन्दा बढी गाविसमा बर्खे धान उत्पादन हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>