तलब नपाएको झोँकमा एफएममा कार्यकारी प्रमुख थुनिए

चार महिनादेखि तलब नपाएपछि राजधानीस्थित रेडियो रियाज एफएमका पत्रकारहरुले कार्यकारी प्रमुख र लेखा प्रमुखलाई कार्यकक्षमै थुनेका छन् । सोमबारदेखि आन्दोलित उनीहरुले रेडियोका कार्यकारी प्रमुख कुमार भट्टराई र लेखा प्रमुख सुजन अधिकारीलाई कार्यकक्ष भित्रै थुनेर रेडियोमा तालाबन्दी गरेका छन् ।
लामो समयदेखि व्यवस्थापनले तलब नदिँदा दैनिक गुजारा चलाउन अप्ठेरो परेको रेडियो रियाजका पत्रकारहरुको गुनासो छ । मंगलबार ११ बजेभित्र माग पुरा गर्ने सर्तमा गए राति ८ बजे कार्यकारी प्रमुख र लेखा प्रमुखलाई छोडेका पत्रकारहरुले माग पूरा नभएको भन्दै आज फेरि ११ बजेदेखि कार्यकक्षमै थुनेका छन् ।
पत्रकारको आन्दोलन सँगै रेडियोका नियमित कार्यक्रमहरु पनि बन्द भएको आन्दोलित पत्रकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर रेडियो प्रांगणमा धर्ना दिइरहेका छन् । रेडियो रियाजमा १८ पत्रकारहरु कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>