गर्मीले एउटै राज्यमा ३ दिनमा ४४० को मृत्यु

A family of four using cloths as shade from the sun as they travel on a motorcycle in Hyderabad - AFPभारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा उग्र गर्मीका कारण तीन दिनभित्र चार सय ४० जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशमा अप्रिल १ पछि मे २६ सम्म गर्मीका कारण मर्नेको संख्या पाँच सय २४ पुगेको त्यहाँको कमिस्नर अफ डिजास्टर म्यानेजमेन्ट अफिसले आइतबार जनाएको छ। भारतको जलवायु तथा मौसम विभागले राज्यमा गर्मीको प्रकोप नघट्ने चेतावनी दिएको छ। विभागले राज्यमा मनसुन वर्षा सुरु हुन झन्नै दुई साता लाग्ने जनाएको छ।
आन्ध्र प्रदेशमा गर्मीका कारण तीन दिनभित्र यसअघि यति धेरै मानिसको मृत्यु भएको थिएन। अप्रिल १ देखि मे २३ सम्म गर्मीका कारण कुल ८४ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन्। तर सरकारी अधिकारीले दिएको तथ्यांकभन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ। गर्मीका कारण
राज्यको गुन्टुर जिल्लामा सबैभन्दा बढी ९५ जनाको मृत्यु भएको छ भने प्रकाशम जिल्लामा ७५ जनाको मृत्यु भएको छ।
टुनी र विसाखापट्टनम एयरपोर्टमा अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ। विजयवाडा र काकिनाडाको अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ। यसैगरी बापतला, मचलिपट्टनम, रन्ताचिन्तला, हानमकोन्डा र रामागुन्डेमको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ। राज्यको राजधानी हैदराबादको तापक्रम भने अन्तभन्दा कम अर्थात ४१ डिग्री सेल्सियस मात्र रह्यो।
मौसम विभागका अनुसार राजधानी नयाँ दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ। आन्ध्र प्रदेशको तटीय क्षेत्रका एकदुई ठाउँमा तापक्रम बढेको थियो। तर तेलंगाना र रायलासीमाका एकदुई ठाउँमा भने तापक्रम अलिकति घटेको विभागले जनाएको छ। मौसम विभागले प्रकासम, गुन्टुर, कृष्णा, पूर्वी र पश्चिमी गोदावरी र विसाखापट्टनम जिल्लामा लु चल्ने अनुमान गरेको छ। वारंगल र करिमनगरमा समेत प्रचण्ड गर्मी हुने विभागले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>