अनसनमा बसेकालाई जबरजस्ती अस्पताल भर्ना


निर्वाचनको मिति घोषणा गर्नुपर्ने, जिल्लामा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्नेलगायतका माग राखी सुनसरी सदरमुकाम इनरुवामा आमरण अनसनमा बसेका सद्भावनाका दुई नेताको अवस्था चिन्ताजक हुँदै गएपछि प्रशासनले उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठानमा भर्ना गरेको छ ।
अनसनमा बसेका सद्भावनाका केन्द्रिय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादवको अवस्था गम्भीर हुँदै गएपछि सद्भावना कार्यकर्ताको विरोधका बाबजुद प्रशासनले उनीहरुलाई धरान पुर्याएको हो । उनीहरुलाई उठाउन खोज्दा सद्भावना कार्यकर्तासँग केहीबेर झडप समेत भएको थियो । झडपका क्रममा सद्भावनाका केन्द्रीय सदस्यहरु योगेन्द्र राय यादव र सरोज मिश्रलाई पक्राउ गरेर लगेको सद्भावना जिल्ला कमिटिले जनाएको छ ।
मेहता र यादव बोल्नसमेत नसक्ने अवस्थामा छन् । अनसन १० औं दिनमा पुग्दा समेत स्थानिय प्रशासन र सरकारले माग सम्बोधन गर्न कुनै चासो नदिएको भन्दै सद्भावना कार्यकर्ताहरुले हिजो इनरुवा बन्द समेत गराएका थिए ।
सुनसरी, वैशाख २८
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>