मत परिणामले हृदयघात हुँदा ५ को निधन

रसियामा राष्ट्रपतीय निर्वाचनको परिणाम आउँदै गर्दा पाँच जनाको हृदयघातले निधन भएको छ। प्रहरीले विभिन्न स्थानमा रहेको मतगढना केन्द्रमा हृदयघातले ५ जनाको मृत्यु भएको पुष्ठी गरेको छ।
उत्तरी मस्कोको जेलेनोगार्डमा मत गन्दै गर्दा ६५ वर्षीय नागरिकको ज्यान गयो। मत गनिरेहकै समयमा चुरोट पिउन निस्केका उनलाई हृदयघात भएको थियो।
दुई दिन अघिमात्रै अस्पतालबाट डिस्चार्ज भएका ५३ वर्षीय नागरिक पनि चुनावको मत परिणाम आउँदै गर्दै हृदयघातको शिकार भए। पश्चिम साइवेरियामा उनको निधन भएको हो।
मस्को नजिकै ७७ वर्षीय पेन्सनर र डोमना गाउँमा ५९ वर्षीया विद्यालयका पूर्व प्रधान अध्यापिका पनि हृदयघातकै शिकार भए। दुबै मत परिणाम हेर्दै थिए। अर्की महिला ७२ वर्षीय मत गनिरहेको स्थानभन्दा पाँच मिटर दुरीमै हृदयघातले ढलिन्। यो चुनावमा भ्लादिमिर पुटिन पाँच वर्षका लागि राष्ट्रपति चुनिएका छन्। (Photo : Putin)

nagariknews, फागुन २३



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>